National life

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिनुपर्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१९ वैशाख २०८१, बुधबार
429Shares
कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिनुपर्ने
ncell

काठमाण्डौ । कुमारी बैंक लिमिटेडले विभिन्न ५ जना संस्थापक सेयरधनीको नाममा रहेको संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।

बैंकले एक सूचना सार्वजनिक गर्दै संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको कुल ९७ हजार १५० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको जनाएको छ । संस्थापक सेयर खरिद गर्ने पहिलो हक संस्थापक सेयरधनीको हुने भएकाले संस्थापक सेयरधनीहरुका लागि उक्त सेयर बिक्रीमा राखिएको बैंकले जनाएको छ ।

सेयर खरिद गर्न चाहने इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल वा टंगालमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आईपुग्ने गरी आवेदन दिनु पर्नेछ ।

Royal Enfield
nic asia capital

सेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुने बैंकले उल्लेख गरेको छ । निर्धारित समयभित्र सेयर खरिदका लागि आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
429SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?