काठमाडौं । कुमारी बैंक लिमिटेडमा ठूला संस्थागत लगानीकर्तादेखि चर्चित व्यवसायी तथा व्यक्तिसम्मको सेयर स्वामित्व रहेको छ । बैंकको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदनअनुसार बैंकमा ०.५ प्रतिशत वा सोभन्दा बढी सेयर स्वामित्व भएका २२ सेयरधनी रहेका छन् ।
बैंकका प्रमुख सेयरधनीमा कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, विभिन्न संस्थागत लगानीकर्ता तथा निजी क्षेत्रका व्यवसायीहरू रहेका छन् ।
कुमारी बैंकको सबैभन्दा ठूलो सेयरधनीका रूपमा कर्मचारी सञ्चय कोष रहेको छ । कोषको नाममा बैंकको ८३ लाख ६३ हजार ११३ कित्ता सेयर रहेको छ, जुन कुल सेयरको ३.९९ प्रतिशत हो ।
त्यस्तै, नागरिक लगानी कोषको नाममा ४९ लाख ४३ हजार ४२७ कित्ता सेयर रहेको छ । प्रस्तुत विवरणअनुसार यसको सेयर स्वामित्व १.८८ प्रतिशत छ ।
व्यक्तिगत सेयरधनीमध्ये अमीर प्रताप जेबी राणाको सबैभन्दा धेरै सेयर रहेको छ । उनको नाममा ५२ लाख ९० हजार ५८३ कित्ता अर्थात् २.०२ प्रतिशत सेयर छ ।
त्यस्तै, जानुकी कुमारी जेबी राणा शाहीको नाममा ३४ लाख ६ हजार ९२६ कित्ता अर्थात् १.३० प्रतिशत र सावित्री गुरुङको नाममा ३१ लाख ५५ हजार ४२५ कित्ता अर्थात् १.२० प्रतिशत सेयर रहेको छ ।
कुमारी बैंकमा भाटभटेनी सुपर मार्केट एन्ड डिपार्टमेन्टल स्टोर प्रालिको पनि सेयर लगानी रहेको छ । कम्पनीको नाममा १५ लाख १४ हजार ६३० कित्ता अर्थात् ०.५८ प्रतिशत सेयर छ ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरार्काको नाममा १९ लाख १८ हजार ४३३ कित्ता अर्थात् ०.६९ प्रतिशत सेयर रहेको छ । त्यस्तै, प्रदीपकुमार मुरार्काको नाममा १४ लाख ९५ हजार ३२७ कित्ता अर्थात् ०.५७ प्रतिशत र जगन्नाथ ज्ञवालीको नाममा १४ लाख ७८ हजार ८८३ कित्ता अर्थात् ०.५६ प्रतिशत सेयर छ ।
अनुपम राठीको नाममा १४ लाख १४ हजार २७ कित्ता अर्थात् ०.५४ प्रतिशत सेयर रहेको विवरणमा उल्लेख छ ।
बैंकका प्रमुख सेयरधनीमा विभिन्न संस्थागत लगानीकर्ता पनि छन् । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको ०.६५ प्रतिशत, हिमालयन क्यापिटल मार्केट्सको ०.६० प्रतिशत र जेनिथ इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिजको ०.५० प्रतिशत सेयर स्वामित्व रहेको छ ।
बैंकको वार्षिक प्रतिवेदनमा उल्लेखित विवरणले कुमारी बैंकमा सरकारी तथा संस्थागत कोष, निजी कम्पनी र व्यक्तिगत लगानीकर्ताको सहभागिता देखाउँछ ।




































