काठमाडौं । कुमारी बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
बैंकको भदौ ३० गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि २.१०५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
बैंकका अनुसार प्रस्तावित लाभांशमा लाभांश करसमेत समावेश हुनेछ ।
नेपाल राष्ट्र बैंकबाट वित्तीय विवरण तथा लाभांश प्रस्ताव स्वीकृत भएपछि आगामी वार्षिक साधारण सभाबाट अनुमोदन गराई सेयरधनीलाई चुक्ता पुँजीको २.१०५३ प्रतिशत नगद लाभांश वितरण गरिने बैंकले जनाएको छ ।
कुमारी बैंकले यसपटक बोनस सेयर भने प्रस्ताव गरेको छैन । बैंकको हालको चुक्ता पुँजी २६ अर्ब २२ करोड ५८ लाख ६१ हजार ३४० रुपैयाँ रहेको छ ।
लाभांश वितरणका लागि नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित हुनुपर्नेछ ।
































