काठमाडौं। ग्लोबल आइएमई बैंकले वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आगामी मङ्सिर २८ गते बिहान ९ बजेदेखि नै सुरु गरिने बैंकले जानकारी गराएको छ ।
सभाले प्रस्तावित एक प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद लाभांश पारित गर्नेछ । साधारण सभाले सञ्चालक समिति पनि चयन गर्नेछ।
संस्थापकबाट तीन र सर्वसाधारणबाट अर्को तीन जना नयाँ सञ्चालकको चयन हुनेछन्।
सभाले आर्थिक वर्ष २०७९र८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, सभाले आर्थिक वर्ष २०८०र८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक पनि निर्धारण गर्ने जनाइएको छ ।
































