काठमाडौँ । दोस्रो चितवन बैंकर्स फुटसल प्रतियोगिता २०२४ को उपाधि कामना सेवा विकास बैंकले प्राप्त गर्न सफल भएको छ ।
“स्वस्थ्यको लागि खेलकुद” भन्ने मुल नाराका साथ मिति २०८० फागुन १२ गते भरतपुर चितवनमा बैंकर्स फुटसल प्रतियोगितामा कामना सेवा विकास बैंक विजेता भएको हो ।
उक्त प्रतियोगिताको खेलमा २६ बैंकको सहभागिता रहेको थियो । सो प्रतियोगिताको फाइनल खेलमा कामना सेवा विकास बैंकले ग्लोबल आइएमई बैंकलाई ६–२ ले हराउँदै उपाधी जितेको छ ।
विजेता टिम कामना सेवा विकास बैकलाई ट्रफि, मेडल, प्रमाण पत्र पुरस्कार प्रदान गरिएको थियो। बैंकले हाल देशभर १३५ वटा शाखा सञ्जाल र ७७ वटा एटिएम वुथ मार्फत्अत्याधुनिक बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।































