काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमतिपत्र प्राप्त कम्पनीहरुले आफ्ना शेयरधनीहरुलाई धमाधम लाभांश घोषणा गर्न थालेका छन्। । आर्थिक वर्ष २०७९ /८० को लागि हालसम्म २८ वटा कम्पनीले लाभांश घोषणा गरेका छन् । जसमध्ये ५ वटा वाणिज्य बैंक ,१५ वटा म्युचुअल फण्ड ,१ माइक्रोफाइनान्स रहेको छ ।
वाणिज्य बैंक
त्यस्तै, एभरेष्ट बैंकले चुक्ता पूँजीको कूल २० दशलमव ५३ लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । जसमध्ये १० प्रतिशत बोनश शेयर र १० दशमलव ५३ प्रतिशत नगद लाभांश रहेको छ । सानिमा बैंकले चुक्ता पूँजीको कूल १४ दशलमव ७० लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । जसमध्ये ९ प्रतिशत बोनश शेयर र ५ दशमलव ७ प्रतिशत नगद रहेको छ ।
त्यसैगरी माछापुच्छ्रे बैंकले हाल कायम चुक्ता पूँजीको कूल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । जसमध्ये १३ दशमलव ३० प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ० दशलमव ७० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । सिटिजन्स बैंकले चुक्ता पूँजीको ५ दशलमव ७९ प्रतिशत नगद लाभांश मात्रै वितरण गर्ने प्रस्ताव गरेको छ ।
बैंकहरुले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएसँगै कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ । यी लाभांश घोषणा गरेका बैंकहरुमध्ये माछापुच्छ्रे बैंकले भने साधारण सभा तथा लाभांश प्रयोजनका लागि बुक क्लोज मिति समेत तय गरिसकेको छ ।
म्युचुअल फण्ड
त्यस्तै, सिद्धार्थ इक्विटी फण्डले ५ प्रतिशत, सिद्धिार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ ले ६ दशलमव ५ प्रतिशत, कुमारी धनबृद्धि योजनाले ६ प्रतिशत, सनराइज फस्र्ट म्युचुअल फण्डले कर सहित १६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । अघिल्लो वर्ष भने यस फण्ड आफ्ना इकाईधनीहरुलाई १२ प्रतिशत नगद लाभांश कर सहित वितरण गरेको थियो । एनआईसी एशिया डाइनामिक डेप्ट फण्डले गत आर्थिक वर्षको मुनाफाबाट अफ्ना इकाईधनीहरुलाई १० प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने प्रस्ताव गरेको हो । लक्ष्मी उन्नती कोषले ९ दशलमव ५ प्रतिशत, लक्ष्मी इक्विटी फण्डले ८ प्रतिशत र एनआईबिएल सहभागिता फण्डको ४ प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने प्रस्ताव गरेको हो ।
मर्चेन्ट बैंक
लघुवित्त
होटल एण्ड टुरिजम
इक्रा नेपाल
इक्रा नेपाल लिमिटेडले आर्थिक वर्ष २०७९/८०का लागि हाल कायम चुक्ता पुँजीको ५९ दशलमव १० प्रतिशतले हुन आउने नगद लाभांश(करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ । जसअनुसार कम्पनीले आफ्ना शेयरधनीहरुलाई कुल ४ करोड २५ लाख ५३ हजार ५३८ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ । उक्त लाभांश पारित गर्न कम्पनीले आफ्नो ११औँ वार्षिक साधारणसभा असोज २५ गते गर्ने भएको छ ।



































