National life

नबिल बैंकका ५२ जना कर्मचारीले जागिर छाड्दै

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२५ भदौ २०८०, सोमबार
490Shares
नबिल बैंकका ५२ जना कर्मचारीले जागिर छाड्दै
ncell

काठमाडौं । नबिल बैंकमा कार्यरत ५२ जना पुराना कर्मचारीले जागिर छाड्ने भएका छन् ।बैंकले ल्याएको स्वेच्छिक अवकास योजना (भिआरएस) मा ५२ जना कर्मचारीले जागिर छोड्नका लागि आवेदन दिएका हुन् ।

पहिलो चरणमा बैंकले ल्याएको भिआरएस योजनामा थोरै आवेदन परेपछि दोस्रो चरणमा एक साताका लागि समय थपेको थियो। थप गरिएको समय आइतबार सकिएको छ ।बैंक व्यवस्थापनले कम्तिमा १०० जना कर्मचारी भिआरएसमा सहभागी हुने अनुमान गरेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

डेपुटी जनरल म्यानेजर कृष्णदत्त भट्ट र एसिस्टेन्ट जनरल म्यानेजर नमिता दिक्षितले पनि स्वेच्छिक अवकास रोजेका हुन् । बैंकमा ३४०० को हाराहारीमा कर्मचारी छन् ।

मर्जर भएको एक वर्षपछि नबिल बैंकले पुनः स्वेच्छिक अवकास सुविधा ल्याएको हो । बैंकले एउटै विभागमा दोहोरिएका कर्मचारी कटौति गर्न भीआरएस ल्याएको हो ।यसअघि बैंकले २ पटक भीआरएस सुविधा ल्याएको बैंकले नेपाल बङ्गलादेश बैंकलाई गाभेपछि तेस्रो पटक भीआरएस ल्याएको हो ।

नबिल बैंकले साविक नेपाल बङ्गलादेश बैंकलाई २०७९ असार २७ गतेदेखि एकीकृत कारोबार गरेको थियो । एनबी बैंक नबिलमा गाभिनु अघि नै केही कर्मचारीहरु भीआरएसमा बाहिरीएका थिए । त्यसपछि एकीकृत कारोबार पश्चात् पनि पुनः बैंकले भीआरएस सुविधा दिएको थियो ।

अघिल्लो पटक भीआरएस सुविधा दिँदा ७० जना कर्मचारी बाहिरीएका थिए । बाहिरीने कर्मचारीहरुमा अधिकांश नेपाल बंगलादेश बैंकका थिए ।यो भीआरएस सिनियर तहका तथा पूराना कर्मचारीका लागि ल्याइएको हो ।

यो समाचार शेयर गर्नुहोस्
490SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?