National life

नबिल बैंकको नाफामा उल्लेख्य वृद्धि, सबै सुचकमा देखियो प्रगति

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०७ कात्तिक २०८१, बुधबार
522Shares
नबिल बैंकको नाफामा उल्लेख्य वृद्धि, सबै सुचकमा देखियो प्रगति
ncell

काठमाडौं। नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। बैंकले प्रकाशन गरेको विवरण अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा बैंकले २ अर्ब ५ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको यसै अवधिको तुलनामा ३९.९७ प्रतिशतले धेरै हो । गत वर्ष यसले १ अर्ब ४६ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बैंकको सञ्चालन नाफा ३६.०९ प्रतिशतले बढोत्तरी हुँदा मुनाफा बढ्न पुगेको छ । गत वर्ष २ अर्ब १२ करोड रुपैयाँ सञ्चालन नाफा गरेको बैंकले अहिले बढाएर २ अर्ब ८९ करोड रुपैयाँ पुर्याएको छ । समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी भने ०.८१ प्रतिशतले घटेको छ ।

हाल यस बैंकको चुक्ता पुँजी २७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ रहेको छ । जगेडा कोषमा ३० अर्ब ५ करोड रुपैयाँ जम्मा रहेको छ । प्रतिसेयर आम्दानी ८ रुपैयाँ ५२ पैसाले बढेर २९ रुपैयाँ ८३ पैसा कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ भने २२९.४८ रुपैयाँ छ ।

यस अवधिमा बैंकको इम्पेयरमेन्ट चार्ज पनि घटेको छ । १ अर्ब ११ करोड रहेको उक्त चार्ज अहिले घटेर ४५ करोड ७७ लाखमा झरेको छ । यस अवधिमा बैंकको खराब कर्जा १.५८ प्रतिशत विन्दुबाट घटेर १.४२ प्रतिशतमा झरेको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
522SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?