National life

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका ३७ शाखा बन्द ,हेर्यौ कुन –कुन ?

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|११ साउन २०८०, बिहिबार
445Shares
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका ३७ शाखा बन्द ,हेर्यौ कुन –कुन ?
ncell

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले आफ्ना ३७ शाखा कार्यालय बन्द गर्ने भएको छ ।साबिकको नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपाल मर्ज पश्चात् ३७ वटा शाखा कार्यालय बन्द हुने जनाइएको छ ।

बैंकले एउटै स्थानमा रहेका दुई शाखा गाभेर एउटा शाखाबाट मात्रै कारोबार गर्ने बताएको छ । बैंकले साबिकको मेगा बैंकका ३३ शाखा बन्द गरी इन्भेष्टमेन्ट बैंकको शाखा कार्यालय भएको ठाउँबाट कारोबार गर्नेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै, साबिकको इन्भेष्टमेन्ट बैंकको ४ शाखा बन्द गरी साबिकको मेगा बैंकको शाखाबाट कारोबार गर्ने जनाएको छ ।

शाखा समायोजन तथा स्थानान्तरण भएका १६ वटा शाखा कार्यालयबाट साउन १३ गते र २१ वटाबाट साउन २० गतेदेखि एकीकृत कारोबार सुरु गर्ने बैंकले जनाएको छ ।

गाभिएर बनेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले गत पुस २७ गतेदेखि एकीकृत कारोबार गरेको थियो ।

 

यो समाचार शेयर गर्नुहोस्
445SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?