National life

सहकारीको रकम हिनामिना गरेको आरोपमा क्याम्पस प्रमुख पक्राउ

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१९ मंसिर २०८०, मङ्गलबार
626Shares
सहकारीको रकम हिनामिना गरेको आरोपमा क्याम्पस प्रमुख पक्राउ
ncell

पोखरा । कालिका बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा लमजुङ स्थित मर्स्याङ्दी बहुमुखी क्याम्पसका प्रमुख हरिबाबु थापा पक्राउ परेका छन् । सहकारीको रकम हिनामिना भएको बचतकर्ताले उजुरी दिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।

अहिलेसम्म सञ्चालक सहित ३५ जना विरुद्ध पक्राउ पुर्जी जारी भैसकेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। प्रहरीले अहिलेसम्म ७ जनालाई पक्राउ गरिसके छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यसमध्य क्याम्पस प्रमुख हरिबाबु थापालाई सोमबार नै जिल्ला अदालत लमजुङबाट ५ दिनको म्याद थपेर अनुसन्धान थालिएको छ । यसबाहेक ६ जनालाई मङ्सिर १० गते नै पक्राउ गरेर अनुसन्धान अघि बढाइएको छ । सहकारीका सञ्चालक तथा पूर्व अध्यक्ष मृगेन्द्र घिमिरे र कोषाध्यक्ष उनकी श्रीमती विनीता घिमिरे बेपत्ता छन् । उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यसबाहेक सहकारीका अध्यक्ष शिवराम सिलुवाल, उपाध्यक्ष श्रीकृष्ण लामिछाने, सचिव कृष्ण केसी, सदस्य मिलन शर्मा दनाई, प्रमुख कार्यकारी अधिकृत वेदराज खनिया र लेखापरीक्षक महेन्द्र शर्मा पौडेल पनि पक्राउ परेका छन् । बेंसीसहर ८ मा प्रधान कार्यालय रहेको सहकारीमा ४ हजार ५ सय ९ जना शेयर सदस्य रहेका छन्।

यो समाचार शेयर गर्नुहोस्
626SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?