National life

सहकारीमा देखिएका समस्याहरू हल गर्न यथाशीघ्र कार्ययोजना बनाउन निर्देशन

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१६ चैत २०८०, शुक्रबार
538Shares
सहकारीमा देखिएका समस्याहरू हल गर्न यथाशीघ्र कार्ययोजना बनाउन निर्देशन
ncell

मकवानपुर । सहकारीमा देखिएका समस्याहरू समाधानका लागि यथाशीघ्र कार्ययोजना बनाउन बागमती प्रदेशका नवनियुक्त संस्कृति पर्यटन तथा सहकारी मन्त्री शैलेन्द्रमान बज्राचार्यले मन्त्रालयलाई निर्देशन गरेका छन् । बिहीबार शपथ ग्रहण पछि पदभार ग्रहण गर्दै मन्त्री बज्राचार्यले प्रदेशमा रहेका सहकारीहरूमा देखिएको समस्या समाधान गर्न मन्त्रालयले आवश्यक अध्ययन गरी कार्ययोजना तयार पार्ने र सो कार्ययोजनाको साथ कार्यान्वयनमा अधि बढ्न निर्देशन दिएका हुन् ।

मन्त्री बज्राचार्यले प्रदेश सरकारले जारी गरेको प्रदेश सरकारी कामकाजी भाषा ऐन २०८० कार्यान्वयनका लागि आवश्यक पूर्वधार तयार गर्न समेत निर्देशन दिएका छन् । भाषा साहित्य र संस्कृति संरक्षणका क्षेत्र महत्त्वपूर्ण मानिएको उक्त ऐनले प्रदेशको पहिचानसमेत स्थापित गर्न सक्ने भएकाले आवश्यक प्रक्रिया पुरा गरी कार्यान्वयनमा जान संरचनागत पूर्वाधारहरू तयार गर्न निर्देशन दिएका हुन् ।

Royal Enfield
nic asia capital

नवनियुक्त मन्त्री बज्राचार्यले सहकारी क्षेत्रले अर्थतन्त्रमा ठुलो योगदान रहेको बताउँदै नागरिकहरूको सहकारी प्रतिको विश्वास कायम राख्न पहल गर्ने र समस्या ग्रस्त सहकारीमा देखिएका समस्याहरू हल गर्दै नागरिकहरूमा परेका कष्टलाई न्यून गर्ने बताएका छन् ।

 

यो समाचार शेयर गर्नुहोस्
538SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?