National life

सामाजिक उत्तरदायित्व अन्तर्गत कामना सेवा विकास बैंकको जुत्ता सर्भिस बुथ हस्तान्तरण

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२५ माघ २०८०, बिहिबार
432Shares
सामाजिक उत्तरदायित्व अन्तर्गत कामना सेवा विकास बैंकको जुत्ता सर्भिस बुथ हस्तान्तरण
ncell

काठमाडौं। कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत जुत्ता सर्भिस बुथ हस्तान्तरण गरेको छ।

बैंकले काठमाडौं महानगरपालिका वडा नं ३ सँगको सहकार्यमा काठमाडौं म.न.पा वडा नं.३,रानीबारीचोकमा जुत्ता मेन्डरको लागि एक सर्भिस वुथ निर्माण गरि हस्तान्तरण गरेको हो ।

Royal Enfield
nic asia capital

उक्त बुथको समुद्घाटन काठमाडौं महानगरपालिका वडा नं ३ का वडा सदस्य सिता थापाले गरेकी हुन् । उक्त उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा बोल्दै वडा सदस्य थापाले अव्यवस्थित तवरले जुत्ता पालिस तथा मर्मत गर्ने व्यक्तिहरुलाई व्यवस्थित वनाउनको लागि बैंकले गरेको सहयोगलाई धन्यवाद ज्ञापन गरिन्।

उक्त क्षेत्रमा अव्यवस्थित तवरले बस्ने जुत्ता मेण्डरको लागि आफ्नो पेशालाई सहज र व्यवस्थित बनाउनको लागि महानगरपालिका अन्तर्गत वडा कार्यालयसँगको समन्वयमा उक्त जुत्ता मेण्डर सर्भिस बुथ निर्माण गरिएको बैंकले जनाएको छ।

उक्त बुथ रानीबारी स्थित जुत्ता मेन्डर उपेन्द्र दासलाई हस्तान्तरण गरिएको थियो । उक्त कार्यक्रममा स्थानीय समाजसेवी तथा अन्य महानुभावहरुको उपस्थिती रहेको बैंकले जानकारी दिएको छ।

बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत गर्ने यस्ता कार्यले जुत्ता मेन्डरहरुलाई एक व्यवस्थित स्थान प्रदान गरि उनिहरुको आफ्नो जीविकोपार्जन गर्न सहयोग पुगोस् भन्ने उद्देश्य रहेको बैंकले जानकारी दिएको छ।

यो समाचार शेयर गर्नुहोस्
432SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?