काठमाडौं । विगत डेढ दशक देखी अनवरत रूपले सर्वसुलभ र सुरक्षित बैंकिङ्ग सेवा पु¥याँउदैै आएको सिटिजन्स बैंकले काठमाडौँको टेकुमा १८९ औँ शाखाको रूपमा आफ्नो सेवा विस्तार गरेको छ ।
यससँगै काठमाडौँ उपत्यका भित्र सिटिजन्स बैंकको ३७ वटा शाखाहरू र वाग्मती प्रदेशमा ५१ वटा शाखाहरू सञ्चालनमा रहेका छन् ।
टेकुमामा आयोजित एक कार्यक्रमका बिच बैंक सञ्चालक समितिका अध्यक्ष श्री प्रबल जङ्ग पाण्डेले नयाँ शाखाको शुभारम्भ गरेका हुन उक्त कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष पाण्डेले प्रुडेन्ट बैंकिङ्ग र सुशासनमा कुनै सम्झौता नगरी बैंकले काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
बैंक शाखाको उद्घाटन समारोहमा स्थानीय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरूको बाक्लो उपस्थिति रहेको थियो ।
टेकुमा अबस्थित यस शाखा मार्फत लकर सेवा, ए.टी.एम.सेवा लगायत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरेट व्यवसायीहरू माझ वित्तीय पहुँच पु¥याँउने लक्ष्य बैंकले राखेको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशै भरी फैलिएका आफ्ना १८९ वटा शाखा, १४९ वटा ए।टी।एम। र ९७ वटा शाखा रहित बैंकिङ्ग इकाईहरूबाट १६ लाख ७५ हजार ग्राहक वर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरू प्रदान गर्दै आएको छ ।
































