काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले Fonepay द्वारा आयोजित Fonepay Honors कार्यक्रममा विकास बैंक समूह अन्तर्गत तीन वटा अवार्डहरु प्राप्त गरेको छ । उक्त कार्यक्रममा बैंकले निम्न विधामा अवार्ड प्राप्त गरेको होः
Highest Fonepay Direct Volume (Issuer)- बैंकको मोवाईल एपबाट सबै भन्दा धेरै संख्यामा रकमान्तर गरेको
Highest Fonepay QR Volume (Issuer) – बैंकको मोवाईल एपबाट सबै भन्दा धेरै QR मा भुक्तानी गरेको
Highest Fonepay QR Volume (Acquirer)- QR मर्चेन्ट मार्फट सबै भन्दा धेरै कारोवार प्राप्त गरेको
डिजिटल भुक्तानी सेवाको प्रवद्र्धन तथा विस्तारमा बैंकले पु¥याएको योगदानको कदरस्वरूप प्राप्त यी अवार्डले बैंकको डिजिटल बैंकिङ सेवाप्रतिको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछन् ।
यस उपलब्धिले बैंकलाई आगामी दिनमा अझ सहज, सुरक्षित तथा प्रभावकारी डिजिटल बैंकिङ सेवा प्रदान गर्न थप प्रेरणा मिल्ने विश्वास बैंकले लिएको छ । यस गौरवपूर्ण उपलब्धिमा साथ र सहयोग प्रदान गर्नुहुने सम्पूर्ण ग्राहकवर्ग, साझेदार संस्था तथा कर्मचारीहरूप्रति बैंक हार्दिक आभार व्यक्त गरेको छ ।





































