National life
cg eloctronics

मुक्तिनाथ विकास बैंकको विशेष घर कर्जा योजना, बेस रेटमा थप ०.२५% मात्रै ब्याज

घर बनाउने वा किन्ने सोचमा हुनुहुन्छ ? मुक्तिनाथको यस्तो कर्जा योजना

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ महिना अगाडि|०२ असोज २०८३, शुक्रबार
2.1kShares
मुक्तिनाथ विकास बैंकको विशेष घर कर्जा योजना, बेस रेटमा थप ०.२५% मात्रै ब्याज
muktinatha bikash bank

काठमाडौं । मुक्तिनाथ विकास बैंकले Nepal Land & Housing and Construction Expo २०२६ तथा नेपालीहरूको प्रमुख चाडपर्व दशैं, तिहार र छठ लाई लक्षित गर्दै ग्राहकहरूका लागि आकर्षक विशेष घर कर्जा योजना (Home Loan Scheme) सार्वजनिक गरेको छ।

यस योजनाअन्तर्गत ग्राहकहरूले Base Rate + ०.२५ प्रतिशत मात्र को विशेष ब्याजदरमा घर निर्माण, घर खरिद तथा आवाससम्बन्धी आवश्यकताका लागि कर्जा प्राप्त गर्न सक्नेछन भने घरजग्गाको मूल्याङ्कनको अधिकतम ७० प्रतिशतसम्म तथा पहिलो घर कर्जा (First Home Loan) को हकमा अधिकतम ८० प्रतिशतसम्म कर्जा सुविधा प्राप्त गर्न सक्नेछन्। चाडपर्वको उत्साहसँगै आफ्नै घरको सपना साकार गर्न चाहने ग्राहकहरूका लागि यो योजना सहज र आकर्षक वित्तीय अवसरका रूपमा ल्याइएको बैंकले जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

विशेष घर कर्जा योजना २०८३ साल कार्तिक मसान्तसम्म लागू हुनेछ। उक्त अवधिपश्चात बैंकको प्रचलित ब्याजदर तथा सम्बन्धित कर्जा शर्तहरू लागू हुनेछन्। यस योजनाले घर निर्माण वा खरिदको योजना बनाइरहेका ग्राहकलाई प्रतिस्पर्धी ब्याजदरमा कर्जा सुविधा प्राप्त गर्न सहयोग पुग्ने बैंकको विश्वास छ।

everest bank

बैंकले यो सुविधा देशभर रहेका आफ्ना १७६ वटै शाखामार्फत उपलब्ध गराउने जनाएको छ। ग्राहकहरूले आफूलाई पायक पर्ने शाखामा सम्पर्क गरी योजनासम्बन्धी थप जानकारी तथा कर्जा प्रक्रियाबारे जानकारी लिन सक्नेछन्। साथै, बैंकले अटो लोन तथा कृषि एवं एसएमई व्यवसाय कर्जाका विशेष योजनाहरूसमेत सञ्चालनमा ल्याएको छ।

यो समाचार शेयर गर्नुहोस्
2.1kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?