काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार इन्स्योरेन्सको खुद नाफा र प्रतिशेयर आम्दानी दुबै बढेको छ।
कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ४२ करोड ७७ लाख रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको यसै अवधिको तुलनामा १२.९० प्रतिशतले धेरै हो ।
समीक्षा अवधिमा इन्स्योरेन्सको खुद दाबी भुक्तानी १०.८८ प्रतिशत बढेको छ। त्यसैगरी, इन्स्योरेन्सको कुल आम्दानी समीक्षा अवधिमा १०.७१ प्रतिशत बढेको छ भने कुल खर्च ९.७० प्रतिशत बढेको छ।
कम्पनीको जीवन बिमा कोषमा १ खर्ब ८३ अर्ब ६५ करोड रुपैयाँ रहेको छ । पुससम्म कम्पनीले १९ अर्ब ७१ करोड रुपैयाँ बराबरको खुद बिमा शुल्क आर्जन गरेको छ । यो गत वर्षको भन्दा ७.१३ प्रतिशतले धेरै हो ।
८ अर्ब २० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको शेयर प्रिमियममा ४ करोड ३८ लाख रुपैयाँ र महाविपत्ती कोषमा १ अर्ब ४ करोड रुपैयाँ सञ्चित छ। त्यसैगरी, इन्स्योरेन्सको रिटेन्ड अर्निङ्ग १ अर्ब ३ करोड रुपैयाँ रहेको छ भने अन्य इक्विटी १७ करोड रुपैयाँ रहेको छ।
यसको प्रतिसेयर आम्दानी बढेर १० रुपैयाँ ४२ पैसा कायम भएको छ । गत वर्ष प्रतिसेयर आम्दानी ९ रुपैयाँ २३ पैसा रहेको थियो । प्रतिसेयर नेटवर्थ भने १२८ रुपैयाँ ०१ पैसा रहेको छ ।



































