National life

सन नेपाल लाइफको खुद बीमाशुल्क आर्जन १ अर्ब ७७ करोड बढी, अन्य सूचक कस्ता ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२१ माघ २०८०, आइतबार
549Shares
सन नेपाल लाइफको खुद बीमाशुल्क आर्जन १ अर्ब ७७ करोड बढी, अन्य सूचक कस्ता ?
ncell

काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्ममा १ अर्ब ७७ करोड ९५ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ।

यो रकम गत वर्षको सोहि अवधिको तुलनामा ९.४३ प्रतिशतले कम हो। गत आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले १ अर्ब ९६ करोड ४८ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस्तै समिक्षा अवधिसम्म कम्पनीले लगानी कर्जा तथा अन्यबाट हुने आय बापत ४३ करोड ५४ लाख रुपैयाँ आर्जन गरेको छ। अघिल्लो वर्षको दोस्रो त्रैमाससम्ममा यो रकम २५ करोड २५ लाख रुपैयाँमा सीमित थियो।

त्यस्तै समीक्षा अवधिमा कम्पनीले ५४ करोड ६५ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले ३७ करोड ८४ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो।

समीक्षा अवधिमा कम्पनीको खुद नाफा घटेको छ। दोस्रो त्रैमासको अन्त्यसम्म कम्पनी ३२ करोड ८४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिकोभन्दा ७.२२ प्रतिशतले कम हो। अघिल्लो वर्ष कम्पनीले ३५ करोड ३९ लाख ९७ हजार रुपैयाँ मुनाफा आर्जन गरेको थियो। समीक्षा अवधिसम्ममा अघिल्लो वर्षको तुलनामा कम्पनीको व्यवस्थापन खर्च बढेको छ।

कम्पनीको कुल खर्च १ अर्ब ७१ करोड ७ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष कम्पनीको कुल खर्च १ अर्ब ५० करोड करोड ३ लाख रुपैयाँ थियो। त्यस्तै समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार ६ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ।

समीक्षा अवधिसम्म कम्पनीले १ लाख ३० हजार २०४ वटा पोलिसी जारी गरेको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म भने कम्पनीले २ लाख ४५ हजार ७५१ वटा पोलिसी जारी गरेको थियो ।

कम्पनीको प्रतिसेयर आम्दानी २०.५२ रुपैयाँ,प्रतिसेयर नेटवर्थ १८९.०४ रुपैयाँ,पिई अनुपात २८.०९ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३९९.८१ रुपैयाँ कायम भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
549SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?