National life

सन नेपाल लाइफको लक–इन अवधि सकिँदै, करोडौं कित्ता सेयर बजारमा आउने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|१४ साउन २०८३, बिहिबार
1.3kShares
सन नेपाल लाइफको लक–इन अवधि सकिँदै, करोडौं कित्ता सेयर बजारमा आउने
ncell

काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयरधनी र कर्मचारीलाई वितरण गरिएको सेयरको लक–इन अवधि भदौ १४ गतेबाट समाप्त हुने जानकारी गराएको छ ।

कम्पनीले नियामक निकायको निर्देशनअनुसार जारी सूचनामा कुल ५ करोड २८ लाख २७ हजार ३६ कित्ता दर्ता सेयरमध्ये उल्लेख्य हिस्सा लक–इन अवधिबाट मुक्त हुन लागेको जनाएको हो ।

उक्त सेयरमध्ये संस्थापक समूहअन्तर्गत ३ करोड ६९ लाख ३१ हजार ५५५ कित्ता र कर्मचारीतर्फ ७ लाख ९२ हजार ४६९ कित्ता गरी कुल ३ करोड ७७ लाख २४ हजार २४ कित्ता सेयर लक–इन अवधि सकिएसँगै कारोबारका लागि खुल्नेछन् ।

तर कम्पनीका सञ्चालक तथा उच्च व्यवस्थापनमा रहेका कर्मचारीहरूको सेयर भने प्रचलित कानुनी तथा नियामकीय व्यवस्थाअनुसार अझै केही समय रोक्का रहने स्पष्ट पारिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?