काठमाडौँ । सानिमा बैंक लिमिटेडले आफूले इच्छाएको आफ्नो फोटो राख्न मिल्ने डेबिट कार्ड ल्याएसँगै आफ्ना ग्राहकहरूका लागि चाडपर्व विशेष योजना सार्वजनिक गरेको छ।
यस योजना अन्तर्गत ग्राहकहरूले कस्टमाइज्ड डेबिट कार्डका लागि आवेदन गर्दा ५० प्रतिशत छुट प्राप्त गर्न सक्ने बैंकको जानकारी छ । छुटका लागि, ग्राहकहरूले आफूले महाशिवरात्रि, ग्याल्पो ल्होसार, होली, घोडे जात्रा र नयाँ वर्ष मनाएको फोटोको प्रयोग गर्नुपर्नेछ ।
यो योजना फागुन २५, २०८० देखि लागू हुनेछ।
छुट प्राप्त गर्नका लागि ग्राहकले महाशिवरात्रि, ग्याल्पो ल्होसार र होली मनाएको फोटो युक्त कार्डका लागि चैत १५, २०८० सम्म आवेदन दिनुपर्नेछ। यसका साथै, घोडे जात्रा र नयाँ वर्ष मनाएको फोटो युक्त कार्डका लागि वैशाख ५, २०८१ सम्म आवेदन दिनुपर्ने जनाएको छ।
उक्त कार्डका लागि ग्राहकहरूले सानिमा बैंकको आधिकारिक वेबसाइट जततउकस्ररष्अबचम।कबलष्mबदबलप।अयm वा सानिमा मोबाइल बैंकिङ्ग एप मार्फत आफूले इच्छाएको फोटो अपलोड गरी आवेदन दिन सकिने बैंकको जानकारी छ।
सानिमा बैंकको देशको सातै प्रदेशमा १३३ वटा कार्यालय तथा १२४ वटा ए।टि।एम। सञ्चालनमा रहेका छन् ।

































