National life

८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|२२ साउन २०८३, शुक्रबार
1.1kShares
८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन
ncell

काठमाडौं। काठमाडौं महानगरपालिकाले २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त महाङ्काल मन्दिर परिसरको चौघेरा सत्तल पुनःनिर्माण सम्पन्न गरेको छ । करिब ८ करोड ९५ लाख रुपैयाँको लागतमा पुनःनिर्माण गरिएको सत्तलको उद्घाटन बिहीबार महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले गरिन् । 

उद्घाटन कार्यक्रममा कार्यवाहक प्रमुख डंगोलले करदाताको लगानीबाट पुनःनिर्माण गरिएका सम्पदाको संरक्षण सबैको साझा दायित्व भएको बताउँदै यस्ता संरचनालाई व्यावसायिक प्रयोजनभन्दा धार्मिक, सांस्कृतिक र सामाजिक गतिविधिका लागि उपयोग गर्नुपर्नेमा जोड दिइन् । उनले स्पष्ट योजना र संरक्षणको सुनिश्चिततासहित संरचना गुठी संस्थानलाई हस्तान्तरण गर्न महानगर तयार रहेको बताइन् । 

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उनले भनिन्, ‘हामी सबैको भूमिकालाई सम्मान गर्न चाहन्छौँ । संस्थानका अधिकारीले भनेजस्तै हामी संरचना हस्तान्तरण गर्न तयार छौँ । तर, यसको उपयोग कसरी हुन्छ भन्ने योजनामा स्पष्ट हुन चाहन्छौँ । करदाताको लगानीमा बनेको यस्ता स्मारक क्षेत्रमा व्यावसायिक क्रियाकलाप गर्ने विषयमा हामी सहमत हुन सक्दैनौँ । यस्ता क्षेत्रमा धार्मिक, सांस्कृतिक तथा सामाजिक क्रियाकलाप सञ्चालन गर्नुपर्छ ।’

सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतले महानगरपालिकाले अन्य निकायको जिम्मेवारीमा रहेका सम्पदाको समेत संरक्षण र पुनःनिर्माणमा लगानी गरिरहेको उल्लेख गर्दै सम्पदाको मौलिकता जोगाउन महानगर प्रतिबद्ध रहेको बताए । 

‘सम्पदा क्षेत्रको भावना मर्न नदिन हामी सचेत छौँ । सम्पदा क्षेत्रको माया हामीलाई पनि उत्ति नै छ, जत्ति अरुलाई छ ।’ उहाँले सम्पदा संरक्षणको दायित्व लिएका निकाय बिचको असमन्वयबाट कहिलेकाही काम गर्न कठिन परेको प्रसङ्ग उठाउँदै भन्नुभयो, ‘पूर्खाको नासो पुस्तालाई हस्तान्तरण गर्ने काममा हामी संवेदनशील छौँ । तर, सामान, सिप र ज्ञान भएन भनेर कुनै सम्पदा त्यत्तिकै भत्किएर रहेको चाहिँ हेर्न सक्दैनौँ,’ उनले भने । 

यस्तै, कार्यक्रममा पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्ग, वडा नं. २२ का अध्यक्ष चिनीकाजी महर्जन, गुठी संस्थानका उपप्रशासक राजेन्द्र दाहालले समेत आफ्नो धारणा राखेका थिए । 

सम्पदा तथा पर्यटन विभागका अनुसार पुनःनिर्माणका लागि प्रारम्भिक लागत अनुमान १० करोड १० लाख ७९ हजार रुपैयाँ रहेको थियो। सार्वजनिक खरिद प्रक्रियाबाट विनायक–एसपी–बोहोरा जेभीले निर्माणको जिम्मेवारी पाएको थियो। भेरिएसनपछि ८ करोड ९४ लाख ४६ हजार १७० रुपैयाँको लागतमा निर्माण सम्पन्न गरिएको हो।

वि.सं. १९९७ सालको ऐतिहासिक तस्बिरलाई आधार मानेर पुनःनिर्माण गरिएको ५८३.८१ वर्गमिटर क्षेत्रफलको चौघेरा सत्तलमा परम्परागत निर्माण सामग्री र शैली प्रयोग गरिएको छ। सत्तलमा भुइँतलामा नौ कोठा, पहिलो तलामा तीन सभा कक्ष, एक कोठा, एक भण्डार कक्ष तथा माथिल्लो भागमा बुइँगल निर्माण गरिएको छ।

करिब १,३०० वर्ष पुरानो मानिने महाङ्काल मन्दिर हिन्दू र बौद्ध धर्मावलम्बीहरूको साझा आस्थाको केन्द्रका रूपमा परिचित छ। नेवार तान्त्रिक परम्परासँग जोडिएको यो मन्दिर काठमाडौँका महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक सम्पदामध्ये एक मानिन्छ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?