काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ ।
गोप्य शिलबन्दी बोलपत्र मार्फत बैंकले ३ लाख ९ हजार ८९२ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।
बैंकले न्यूनतम मूल्य १०५ रुपैयाँमा विद्यमान संस्थापक सेयर धनी, योग्य व्यक्ति, कम्पनी, संघसंस्थाले आवेदन दिन पाउने गरी शेयर बिक्रीमा ल्याएको जनाएको छ । यसमा खरिदकर्ताले न्यूनतम सबै कित्ता शेयरका लागि आवेदन दिनुपर्नेछ ।
त्यस्तै शेयर खरिद गर्न इच्छुक व्यक्तिले आवश्यक कागजातसहित फागुन २२ गतेसम्म तोकिएको शर्त अनुसार प्रभु क्यापिटल लिमिटेड कमलादी, काठमाडौँमा आवेदन दिन बैंकले निर्देशन गरेको छ ।































