काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर नियुक्ति लिएको भन्दै कास्कीको श्रीराम प्राथमिक विद्यालयको शिक्षिका विन्दु गौतम शर्माविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
प्राथमिक तहको स्थायी नियुक्तिका लागि शर्माले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलवार विशेष अदालत काठमाडौं मुद्दा गौतम शर्माविरुद्ध दायर भएको हो ।
आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार पोखरा महानगरपालिका (८ मा सञ्चालित विद्यालयको शिक्षिका शर्माको शैक्षिक योग्यताका प्रमाणपत्रहरू नक्कली भएकोले छानबिनको आग्रह गर्दै आयोगमा उजुरी परेको थियो ।
उक्त उजुरीका आधारमा अनुसन्धान गर्दा शर्माले माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश, बोर्ड अफ हाइस्कूल एण्ड इण्टरमिडियट एजुकेशन, यूपी भारतबाट एसएलसी तहको नक्कली शैक्षिक प्रमाणपत्र र लब्धाङ्क पत्रहरू पेश गरी प्राथमिक तहको अस्थायी र स्थायी शिक्षक पदमा नियुक्त लिएको पुष्टि भएको आयोगले जनाएको छ ।
विन्दु गौतम शर्माविरुद्ध आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ ९१० बमोजिम सजायको मागदाबी गर्दै विशेष अदालतमा आरोप पत्र दायर गरेको हो ।































