National life

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर नियुक्ति लिएकी शिक्षिकाविरुद्ध भ्रष्टाचार मुद्दा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०१ फागुन २०८०, मङ्गलबार
564Shares
नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर नियुक्ति लिएकी शिक्षिकाविरुद्ध भ्रष्टाचार मुद्दा
ncell

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर नियुक्ति लिएको भन्दै कास्कीको श्रीराम प्राथमिक विद्यालयको शिक्षिका विन्दु गौतम शर्माविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

प्राथमिक तहको स्थायी नियुक्तिका लागि शर्माले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलवार विशेष अदालत काठमाडौं मुद्दा गौतम शर्माविरुद्ध दायर भएको हो ।

आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार पोखरा महानगरपालिका (८ मा सञ्चालित विद्यालयको शिक्षिका शर्माको शैक्षिक योग्यताका प्रमाणपत्रहरू नक्कली भएकोले छानबिनको आग्रह गर्दै आयोगमा उजुरी परेको थियो ।

उक्त उजुरीका आधारमा अनुसन्धान गर्दा शर्माले माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश, बोर्ड अफ हाइस्कूल एण्ड इण्टरमिडियट एजुकेशन, यूपी भारतबाट एसएलसी तहको नक्कली शैक्षिक प्रमाणपत्र र लब्धाङ्क पत्रहरू पेश गरी प्राथमिक तहको अस्थायी र स्थायी शिक्षक पदमा नियुक्त लिएको पुष्टि भएको आयोगले जनाएको छ ।​​

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

विन्दु गौतम शर्माविरुद्ध आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ ९१० बमोजिम सजायको मागदाबी गर्दै विशेष अदालतमा आरोप पत्र दायर गरेको हो ।

यो समाचार शेयर गर्नुहोस्
564SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?