काठमाडौं । नेपाल विद्युत प्राधिकरणले १०४ जना कर्मचारीहरूको सरुवा गरेको छ । प्राधिकरणले भदौ ३१ गते बसेको बैठकको निर्णयबाट निर्देशक, प्रबन्धक, उपप्रबन्धक, सहायक प्रबन्धक र इन्जिनियरहरुको सरुवा गरेको हो । सरुवा हुनेहरु अधिकांश कार्यालय प्रमुखहरु छन् ।
प्रबन्धक दिपेन्द्रराज द्विवेदीलाई बागमती प्रदेश डिभिजन कार्यालय हेटौंडाबाट संस्थागत योजना तथा अनुगमन विभागमा सरुवा गरिएको छ ।
रत्नपार्क, कुलेश्वर, महाराजगञ्ज, जोरपाटी, बानेश्वर, लगनखेल, भक्तपुर, पुल्चोक वितरण केन्द्र प्रमुखहरु सरुवा भएका छन् । यसैगरी परासी, हेटौंडा, धनगढी, अत्तरिया, नेपालगञ्ज, कोहलपुर, घोराही, लमही, गौर, सिरहा, लालबन्दी, अनारमनी, धुलाबारी, उर्लाबारी, सिन्धुपाल्चोक, काभ्रे, दुहबी, राजविराज, कावासोती, सुर्खेत, सल्यान, ग्रीड विकास विभाग, वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुखहरु पनि सरुवा भएका छन् ।
हेर्यौ कसको सरुवा कँहा भयो ?
[pdf-embedder url="https://aarthikvoice.com/wp-content/uploads/2023/09/nea-saruwa.pdf"]





































