National life

नेपाल विद्युत प्राधिकरणका दुई सयभन्दा बढी कर्मचारी सम्पर्कविहीन

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२२ दिन अगाडि|१२ भदौ २०८३, शुक्रबार
2.5kShares
नेपाल विद्युत प्राधिकरणका दुई सयभन्दा बढी कर्मचारी सम्पर्कविहीन
ncell

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण नेपाल विद्युत प्राधिकरणका दुई सयभन्दा बढी कर्मचारी सम्पर्कविहीन भएका छन् । चिलिमे जलविद्युत आयोजनाका १५, २० जना, रसुवागढीका १०० भन्दा बढी र थ्री ए पावर हाउसका ४०, ४५ जना कर्मचारी सम्पर्कमा नआएको प्राधिकरणका निमित्त कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले बताउनुभयो ।

कार्यकारी निर्देशक श्रेष्ठका अनुसार जलविद्युत आयोजनको सुरुङ्गमार्गमा थुनिएका कर्मचारी तथा मजदूरको अवस्था अज्ञात छ । टनेलमा छिर्नसक्ने अवस्था छैन ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
छिर्ने स्थान र कुन ठाउँमा के छ भन्ने निश्चित छैन । एक्सकाभेटरबाट पनि लेदो हटाउन सम्भव छैन । प्वाल पारेर अक्सिजन आपूर्ति गर्ने प्रयास गरिएको छ ।

नेविप्राको उच्चस्तरीय टोलीले सुरक्षा निकायसँगको समन्वयमा आफ्ना कर्मचारी र सर्वसाधारणको खोजी तथा उद्दार कार्य जारी राखेको छ । हवाई उद्दारका लागि हेलिकप्टर पठाउँदैछौँ । गुगल म्याप जारी गरिएको छ । बाढी पुनः आउनसक्ने भएकोले सर्वसाधारण र उद्दारमा खटिएका साथीहरुलाई सतर्क रहन उहाँले अनुरोध गर्नु भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
2.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?