काठमाडौं । नेपाल राष्ट्र बैंकले आज चैत ६ गते बुधबारका लागि विदेशी मुद्राको विनीमयदर निर्धारण गरेको छ । जस अनुसार आज अमेरिकी डलरको भाउ घटेको छ।
आज १ अमेरिकी डलरको भाउ (बिक्रीदर) १३८ रुपैयाँ ८२ पैसा कायम भएको छ भने खरिददर १३८ रुपैयाँ २२ पैसा छ।मंगलबार १ अमेरिकी डलरको भाउ बिक्रीदर १३९ रुपैयाँ १९ पैसा र खरिददर १३८ रुपैयाँ ५९ पैसा कायम भएको थियो ।
राष्ट्र बैंकका अनुसार आज १ युरोको बिक्रीदर १५१ रुपैयाँ ७८ पैसा रहेको छ भने खरिददर १५१ रुपैयाँ १२ पैसा रहेको छ। त्यस्तै, बेलायती पाउन्ड १ को बिक्रीदर १८० रुपैयाँ २७ पैसा खरिददर १७९ रुपैयाँ ४९ पैसा निर्धारण भएको छ ।
जापानिज येन १० को बिक्रीदर ९ रुपैयाँ २८ पैसा र खरिददर ९ रुपैयाँ २३ पैसा छ । त्यसैगरी, अष्ट्रेलियन डलर १ को खरिददर आज ८८ रुपैयाँ ०५ पैसा र बिक्रीदर ८८ रुपैयाँ ४३ पैसा तोकिएको छ । क्यानेडियन डलर १ को खरिददर भने ९६ रुपैयाँ ७५ पैसा र बिक्रीमा ९७ रुपैयाँ १७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।




































