National life

बक्यौता तिर्न बाँकी उद्योगीले ६० किस्तासम्म विद्युत् महसुल तिर्न पाउने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१७ पुस २०८०, मङ्गलबार
609Shares
बक्यौता तिर्न बाँकी उद्योगीले ६० किस्तासम्म विद्युत् महसुल तिर्न पाउने
ncell

काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइनबाट विद्युत उपभोग गर्ने उपभोक्ताले विद्युत महशुल भुक्तानी गर्ने समयावधि बढाएको छ ।

प्राधिकरणले अब डेडिकेटेड तथा ट्रंकलाइनबाट विद्युत उपभोग गर्ने उपभोक्ताले बढीमा ६० किस्तासम्म महसुल भुक्तानी गर्न पाउने व्यवस्था गरेको हो ।

सोमबार बसेको प्राधिकरण सञ्चालक समिति बैठकले बक्यौता रकम भुक्तानी गर्ने किस्ताबन्दीको समयावधि बढाएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बहादुर बस्नेतको अध्यक्षतामा बसेको बसेको बैठकले जति महिनाको छूट बिल जारी गरिएको त्यति नै महिनाको वा बढीमा ६० महिनाको किस्ताबन्दीको सुविधा दिने विशेष व्यवस्था गरेको छ ।
3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

डेडिकेटेड र ट्रंकलाइन फिडरबाट विद्युत उपभोग गरेर लामो समयसम्म बक्यौता, जरीवाना र ब्याज समेत नतिरेको भन्दै विद्युत प्राधिकरणले गत पुस ६ गतेदेखि बिजुलीको लाइन काट्न सुरु गरेको थियो । यसक्रममा प्राधिकरणले २३ उद्योगको विद्युत् लाइन काटिसकेको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
609SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?