National life

लोडसेडिङकालको बक्यौता तिर्न थालेपछि रिलायन्सको विद्युत् आपूर्ति पुनः सुचारु

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|२० कात्तिक २०८२, बिहिबार
1.4kShares
लोडसेडिङकालको बक्यौता तिर्न थालेपछि रिलायन्सको विद्युत् आपूर्ति पुनः सुचारु
ncell

काठमाडौँ । सुन्सरिस्थित रिलायन्स स्पिनिङ मिल्सले लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइनमार्फत उपभोग गरिएको विद्युत्को प्रिमियम महसुल बक्यौता रकमको पहिलो किस्ता नेपाल विद्युत् प्राधिकरणलाई बुझाएको छ।

प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार, पहिलो किस्ता बुझाएपछि रिलायन्स मिल्सको विच्छेद गरिएको विद्युत् लाइन पुनः जडान गरिएको हो।

रिलायन्सले २०७२ माघदेखि २०७५ वैशाखसम्म डेडिकेटेड तथा ट्रंक लाइन प्रयोगबापत तिर्नुपर्ने प्रिमियम महसुलको पहिलो किस्ता बुझाएको हो। उक्त अवधिसम्म रिलायन्सको कुल बक्यौता रकम ७५ करोड ३७ लाख रुपैयाँ रहेको प्राधिकरणले जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सम्झौता अनुसार, रिलायन्सले उक्त बक्यौतालाई २८ किस्तामा तिर्ने व्यवस्था गरेको छ। त्यसअन्तर्गत पहिलो किस्ताका रूपमा २ करोड ७७ लाख रुपैयाँ बुझाइएको हो।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?