National life

डेडिकेटेड लाइन बक्यौता तत्काल असुल गर्न कुलमान घिसिङको सरकारलाई आग्रह

कानुन सबैका लागि समान हुनुपर्छ: घिसिङ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ महिना अगाडि|२६ जेठ २०८३, मङ्गलबार
1.3kShares
डेडिकेटेड लाइन बक्यौता तत्काल असुल गर्न कुलमान घिसिङको सरकारलाई आग्रह
ncell

काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्वऊर्जामन्त्री कुलमान घिसिङले डेडिकेटेड र ट्रङ्क लाइनमार्फत लिइएको विद्युत् प्रयोगबापतको प्रिमियम महसुल बक्यौता कानुनअनुसार तत्काल असुल गर्न सरकार र नेपाल विद्युत् प्राधिकरणलाई आग्रह गरेका छन् ।

घिसिङले सामाजिक सञ्जालमार्फत लोडसेडिङका कठिन समयमा विशेष सुविधा लिएर विद्युत् उपभोग गरेका उद्योगहरूले आफ्नो कानुनी दायित्व पूरा गर्नुपर्नेमा जोड दिएका हुन्। उनले बक्यौता भुक्तानी केवल कानुनी होइन, नैतिक जिम्मेवारी पनि भएको उल्लेख गरेका छन् ।

उनका अनुसार, नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक हुँदा बक्यौता असुली प्रक्रिया अघि बढाउँदा राजनीतिक हस्तक्षेप भएको र त्यसकै कारण आफूले समस्या भोग्नुपरेको स्मरण गरेका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

ऊर्जा मन्त्रालयको जिम्मेवारीमा पुगेपछि आफ्नो पहिलो प्राथमिकतामध्ये एक बक्यौता असुली रहेको र त्यसअनुसार प्राधिकरणलाई कडाइका साथ प्रक्रिया अघि बढाउन निर्देशन दिएको उनले बताएका छन् ।

सुरुमा केही उद्योगहरूले किस्ता तिरे पनि पछिल्ला दिनमा भुक्तानी रोकिएको र यसले राज्यलाई प्राप्त हुनुपर्ने रकम बढ्दै गएकोप्रति उनले चिन्ता व्यक्त गरेका छन् ।

घिसिङले सबैका लागि कानुन समान हुनुपर्ने भन्दै दबाब वा पहुँचका आधारमा कोही पनि दायित्वबाट उम्कन नपाउने स्पष्ट पारेका छन् । उनले सम्बन्धित निकायलाई ढिलाइ नगरी असुली प्रक्रिया अघि बढाउन पनि आग्रह गरेका छन् ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?