National life
cg eloctronics

हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
अहिले मात्र|०८ कात्तिक २०८३, आइतबार
326Shares
हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ
ncell

रामेछाप । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नेपालको पहिलो समस्या नै रोजगारीको समस्या भएको बताएका छन् । 

रामेछापको उमाकुण्ड गाउँपालिकाको केन्द्र प्रीतिमा आयोजित पार्टी गाउँपालिका कमिटी पुनर्गठन कार्यक्रमलाई सम्बोधन गर्दै घिसिङले रोजगारीको समस्या समाधान गर्ने रोडम्याप उज्यालो नेपालले बनाएका बताए । 

‘हरित क्रान्ति गरेर यो देशलाई समृद्ध बनाउँछौँ भनेर हामी लागेका छौँ, यसले गर्दा वातावरण मात्र होइन आर्थिक, सामाजिक हिसाबले पनि नेपाललाई समुन्नत राष्ट्र बनाउन सकिन्छ’, उनले भने । 

धेरै वादको कुरा गरेर देश अघि नबढ्ने बताउँदै घिसिङले नेपालमा विभिन्न वादका कुरा गरे पनि देशमा आर्थिक समुन्नति हुन नसकेको बताए । उनले उज्यालो नेपालको सैद्धान्तिक र वैचारिक बाटो भनेको आर्थिक रूपान्तरणको मध्यमार्गी बाटो भएको प्रष्ट पारे । ‘ धेरै वादका कुरा गरियो तर देशले उन्नति गरेन, हामी कुनै पनि अतिवादमा जाँदैनौँ, कुनै पनि अतिवाद हाम्रो लागि मान्य छैन, हामी सबैलाई समावेश गरेर देशको समुन्नति गर्नुपर्छ भनेर लागेका छौँ’, घिसिङले भने । 

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

देशको विकास गरेर तल्लो वर्गका नागरिकलाई समानताको हिसाबमा ल्याउने उज्यालो नेपालको परिकल्पना रहेको उनले बताए । देशमा आर्थिक रूपान्तरण भनेको दुईचारजना मानिसहरूलाई धनी बनाउनु नभई सबैको प्रगतिको बाटो बनाउनु भएको उनको धारणा छ । 

उज्यालो नेपाल पार्टी तीन ‘स’ सुशासन, समृद्धि र सामाजिक न्यायको तीनखम्बे नीति लिएर अघि बढेको उनले प्रष्ट पारे । आगामी दिनमा देशलाई आर्थिक रूपान्तरणमा लगेर देशलाई समृद्ध बनाउने उनले दाबी गरे । 

उज्यालो नेपाल पार्टीको सरकार बनेपछि देशमा ५ वर्ष भित्र शिक्षा र स्वास्थ्य निःशुल्क गर्ने उनले बताए । २ सय युनिटसम्म बिजुली निःशुल्क गर्न सकिने पनि उनले दाबी गरे । 

नेपालीलाई समृद्ध बनाउन एक हजारदेखि दुईहजार कित्ता विद्युतको शेयर प्रत्येक नेपालीलाई निःशुल्क दिने आफ्नो पार्टीको योजना रहेको घिसिङले सुनाए । नेपालमा बस्नेलाई एक हजार कम्तीमा, विदेशमा काम गरेर रेमिट्यान्स पठाउनेलाई कम्तीमा २ हजार कित्ता शेयर दिन सक्छौँ, जसले उनीहरूलाई पेन्सनको रूपमा काम गर्छ’, उनले भने । 

करिब ४० हजार मेगावाट विद्युत् २० वर्षमा उत्पादन गर्न सकिने बताउँदै घिसिङले भारत र बङ्गलादेशमा ३० हजार मेगावाट बेच्न सकियो भने नेपालले २० देखि ३० खर्ब रुपैयाँ आम्दानी गर्न सक्ने बताए । देश भित्र ग्यास र तेलको सट्टा विद्युत् प्रयोग गर्दा बिदेसिने ठुलो धनराशि जोगाउन सकिने उनले स्पष्ट पारे । 

नेपालमा अब ग्रिन हाइड्रोजन बन्न लागेको बताउँदै उनले त्यसबाट गाडीदेखि जहाजहरूसम्म चलाउन सकिने बताए । युरिया मल बनाउन समेत ग्रिन हाइड्रोजन प्रयोगमा आउने घिसिङले बताए । 

कृषिको लागि पनि पानी आधार भएको बताउँदै उनले ग्रिन पर्यटनको लागि पनि पानी महत्पूर्ण स्रोत भएको बताए । समग्रमा नेपाली युवालाई डिजिटल अर्थतन्त्रमा सहभागी गराउने पनि पानी नै महत्त्वपूर्ण स्रोत भएको उनले स्पष्ट पारे । ‘नेपाली युवालाई डिजिटल इकोनोमीमा संलग्न गराएर, नेपालमा युवालाई रोजगारी दिने र देशलाई समृद्ध बनाउने उद्देश्यका साथ हामी उज्यालो नेपाल पार्टी स्थापना गरेर आएका छौँ’, घिसिङले भने ।

यो समाचार शेयर गर्नुहोस्
326SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?