National life
cg eloctronics

जनकपुर बोल्ट्सको बैंकिङ साझेदार बन्यो मुक्तिनाथ विकास बैंक

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
अहिले मात्र|०८ कात्तिक २०८३, आइतबार
331Shares
जनकपुर बोल्ट्सको बैंकिङ साझेदार बन्यो मुक्तिनाथ विकास बैंक
ncell

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार बनेको छ। कात्तिक ९ गतेदेखि सुरु हुने प्रतियोगिताका लागि दुवै संस्थाबीच साझेदारी सम्झौता भएको हो।

बैंकले नेपाली क्रिकेटको विकासमा योगदान पुर्‍याउने, युवा खेल प्रतिभालाई प्रोत्साहन गर्ने र समुदायसँगको सम्बन्ध विस्तार गर्ने उद्देश्यले जनकपुर बोल्ट्ससँग सहकार्य गरेको जनाएको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरले क्रिकेटमार्फत समुदायसँग जोडिन र प्रतिभाशाली युवालाई अघि बढाउन बैंक प्रतिबद्ध रहेको बताए। एनपीएलको तेस्रो संस्करणमा उपाधि जित्ने लक्ष्य राखेको जनकपुर बोल्ट्ससँग साझेदारी गर्न पाउँदा खुसी लागेको उनको भनाइ छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

जनकपुर बोल्ट्सको सञ्चालक कम्पनी ड्रिम स्पोर्ट्स प्रालिका प्रमुख कार्यकारी अधिकृत निरोज खतिवडाले मुक्तिनाथ विकास बैंकलाई आधिकारिक बैंकिङ साझेदारका रूपमा पाउनु टोलीका लागि महत्त्वपूर्ण भएको बताए। बैंकको समुदायकेन्द्रित सोच र जनकपुर बोल्ट्सको मधेशका युवासँग जोडिने प्रयासबीच समानता रहेको उनले उल्लेख गरे।

एनपीएलको पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सले यसपटक पनि उपाधि जित्ने लक्ष्य राखेको छ। बैंकको सहकार्यले टोलीलाई मैदानभित्र र बाहिर थप ऊर्जा दिने खतिवडाले विश्वास व्यक्त गरे।

मुक्तिनाथ विकास बैंकले यस साझेदारीलाई नेपाली क्रिकेटको व्यावसायिक विकासमा सहयोग पुर्‍याउने र खेलकुदमार्फत समुदायसँगको सम्बन्ध थप सुदृढ बनाउने अवसरका रूपमा लिएको जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
331SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?