National life
cg eloctronics

मुक्तिनाथ विकास बैंक र सिप्रदी ट्रेडिङ बीच व्यवसायिक सम्झौता

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ महिना अगाडि|०८ भदौ २०८३, सोमबार
6.2kShares
मुक्तिनाथ विकास बैंक र सिप्रदी ट्रेडिङ बीच व्यवसायिक सम्झौता
muktinatha bikash bank

काठमाडौं । मुक्तिनाथ विकास बैंक र नेपालमा टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रा.लि. बीच टाटाको पिकअप तथा साना व्यवसायिक सवारी साधन खरिद गर्नका लागि कर्जा लगानी गर्ने समझदारीपत्र (MOU) मा आज हस्ताक्षर भएको छ । समझदारीपत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत तारा मानन्धर र सिप्रदीको तर्फबाट Vice President सौरभ राज थपलियाले हस्ताक्षर गर्नुभएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

सम्झौता अनुसार सिप्रदी ट्रेडिङको अधिकृत डिलरहरु मार्फत टाटा ब्राण्डको पिकअप तथा व्यावसायिक साना सवारी साधन खरिद गर्ने ग्राहकलाई मुक्तिनाथ विकास बैंकले आफ्नो १७६ वटै शाखा कार्यालयबाट आकर्षक सहुलियत व्याजदरमा कर्जा सुविधा उपलब्ध गराउने छ ।

सम्झौता अनुसार EV गाडी तर्फ ६० प्रतिशत तथा ICE सवारी साधन का लागि ७० प्रतिशत सम्म कर्जा सुविधा उपलब्ध हुनेछ । यस सहकार्यबाट व्यवसाय, कृषि तथा साना उद्यममा प्रयोगमा हुने व्यावसायिक सवारी साधन खरिद गर्न चाहने ग्राहकहरुलाई सहज वित्तीय पहुँच प्राप्त हुने तथा व्यवसाय विस्तारमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

everest bank

साथै बैंकले हाल अटो कर्जा, कृषि र SME कर्जामा समेत न्युनतम व्याजदरमा कर्जा प्रबाह गर्ने विशेष अफर ल्याएको छ ।

यो समाचार शेयर गर्नुहोस्
6.2kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?