National life

मुक्तिनाथ म्युचुअल फण्ड–२ मा आवेदन खुल्यो, अधिकतम १ करोड इकाईसम्म भर्न पाइने

८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि बिक्रीमा ल्याइएको हो

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ दिन अगाडि|०१ असोज २०८३, बिहिबार
930Shares
मुक्तिनाथ म्युचुअल फण्ड–२ मा आवेदन खुल्यो, अधिकतम १ करोड इकाईसम्म भर्न पाइने
ncell

काठमाडौं । मुक्तिनाथ म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने ‘मुक्तिनाथ म्युचुअल फण्ड–२’ को इकाई बिक्री आजदेखि खुला भएको छ। मुक्तिनाथ विकास बैंक कोष प्रवर्द्धक तथा मुक्तिनाथ क्यापिटल योजना व्यवस्थापक रहेको उक्त योजनाले कुल १० करोड इकाई निष्कासन गरेको हो।

कुल निष्कासनमध्ये बीज पुँजीबापत २० लाख इकाई योजना व्यवस्थापक मुक्तिनाथ क्यापिटललाई र १ करोड ३० लाख इकाई कोष प्रवर्द्धक मुक्तिनाथ विकास बैंकलाई छुट्याइएको छ। बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि बिक्रीमा ल्याइएको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्मका लागि आवेदन दिन सक्नेछन्। इकाई खरिदका लागि नेपाल धितोपत्र बोर्डबाट धितोपत्र दरखास्त संकलनको अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका आस्वा सदस्य सम्पूर्ण कार्यालयबाट आवेदन दिन सकिनेछ।

योजनाको इकाई बिक्री छिटोमा असोज ६ गते र ढिलोमा असोज १५ गते बैंकिङ समयपछि बन्द हुनेछ। मागअनुसार तोकिएको अवधिअगावै निष्कासन बन्द हुन सक्नेछ।

‘मुक्तिनाथ म्युचुअल फण्ड–२’ को धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी मुक्तिनाथ क्यापिटल लिमिटेडले लिएको छ।

यो समाचार शेयर गर्नुहोस्
930SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?