National life
cg eloctronics

सुनचाँदीको मूल्यमा ठूलो गिरावट, आजको बजार भाउ कति?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
अहिले मात्र|०८ कात्तिक २०८३, आइतबार
380Shares
सुनचाँदीको मूल्यमा ठूलो गिरावट, आजको बजार भाउ कति?
ncell

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला २ लाख ७८ हजार ५०० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य पनि घटेर प्रतितोला ३ हजार ९५५ रुपैयाँमा झरेको छ।

असोज ३० गते सुन प्रतितोला २ लाख ९० हजार १०० रुपैयाँमा कारोबार भएको थियो। आइतबारको मूल्यसँग तुलना गर्दा नौ दिनमा सुन प्रतितोला ११ हजार ६०० रुपैयाँले सस्तिएको छ। यो अवधिमा सुनको मूल्य करिब ४ प्रतिशतले घटेको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै, असोज मसान्तमा प्रतितोला ४ हजार १५० रुपैयाँ रहेको चाँदीको मूल्य घटेर ३ हजार ९५५ रुपैयाँ कायम भएको छ। यसअनुसार चाँदी प्रतितोला १९५ रुपैयाँ अर्थात् करिब ४.७ प्रतिशतले सस्तिएको छ।

प्रति १० ग्राम सुनको मूल्य पनि असोज ३० गतेको २ लाख ४८ हजार ७१५ रुपैयाँबाट घटेर आइतबार २ लाख ३८ हजार ७७० रुपैयाँमा झरेको छ। यस अवधिमा १० ग्राम सुनको मूल्य ९ हजार ९४५ रुपैयाँले घटेको हो।

यसैगरी, प्रति १० ग्राम चाँदीको मूल्य ३ हजार ५५८ रुपैयाँबाट घटेर ३ हजार ३९१ रुपैयाँ कायम भएको छ। यो अवधिमा चाँदीको मूल्य प्रति १० ग्राम १६७ रुपैयाँले घटेको छ।

यो समाचार शेयर गर्नुहोस्
380SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?