काठमाडौं । नेपाली बजारमा सुनको मूल्य एकैदिन २,९०० रुपैयाँले बढेको छ। चाँदीको भाउ पनि उकालो लागेसँगै शुक्रबार दुवै धातु महँगिएका छन्।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुनको मूल्य २ लाख ९२ हजार ८०० रुपैयाँ थियो।
यस्तै, चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेर ४ हजार ४०५ रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ३९० रुपैयाँमा कारोबार भएको थियो।
सुन र चाँदी दुवैको मूल्य बढेसँगै आज बजारमा दुवै धातु खरिद गर्न उपभोक्ताले अघिल्लो दिनभन्दा बढी रकम खर्चिनुपर्ने भएको छ।
































