काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार ७ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ३ लाख १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार बढेर ३ लाख १ हजार ८ सय रुपैयाँ पुगेको हो ।
यसैगरी, चाँदीको मूल्य पनि बुधबार बढेको छ । मंगलबार प्रतितोला ४ हजार ६ सय रुपैयाँ रहेको चाँदीको मूल्य आज ८५ रुपैयाँले बढेर ४ हजार ६ सय ८५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
यससँगै बुधबार सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ ।































