काठमाडौं । नेपाली बजारमा सुनको मूल्य फेरि उकालो लागेको छ भने चाँदीको भाउ घटेको छ। बिहीबार छापावाल सुन प्रतितोला ५ सय रुपैयाँले महँगिएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार यसको मूल्य २ लाख ९२ हजार ३ सय रुपैयाँ थियो।
यता, चाँदीको मूल्य भने घटेको छ। आज चाँदी प्रतितोला ३५ रुपैयाँले घटेर ४ हजार ३ सय ९० रुपैयाँमा झरेको महासंघले जनाएको छ।
बुधबार चाँदी प्रतितोला ४ हजार ४२५ रुपैयाँमा कारोबार भएको थियो।



































