National life

मुक्तिनाथ विकास बैंकले कमायो १ अर्ब ५१ करोड, यस्तो छ वित्तीय अवस्था

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|२७ साउन २०८३, बुधबार
1.4kShares
मुक्तिनाथ विकास बैंकले कमायो १ अर्ब ५१ करोड, यस्तो छ वित्तीय अवस्था
ncell

काठमाडौं । मुक्तिनाथ विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म १ अर्ब ५१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.४४ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्म बैंकले १ अर्ब ३५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी पनि ३.६३ प्रतिशतले वृद्धि भएको छ । बैंकले ४ अर्ब ७४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यस्तै, बैंकको खुद सञ्चालन आम्दानी ४ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ ।

बैंकको सञ्चालन मुनाफा २ अर्ब ४२ करोड रुपैयाँ रहेको छ भने खुद शुल्क तथा कमिसन आम्दानी ५४ करोड ९८ लाख रुपैयाँ पुगेको छ । यस अवधिमा बैंकको इम्पेयरमेन्ट चार्ज भने घटेको छ । अघिल्लो वर्ष ७९ करोड ३५ लाख रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज घटेर ५७ करोड २३ लाख रुपैयाँमा सीमित भएको छ ।

बैंकको रिटेन्ड अर्निङ ५०.०९ प्रतिशतले घटेर ६७ करोड ५७ लाख रुपैयाँमा झरेको छ । यता, बैंकको जगेडा कोषको आकार भने २५.२६ प्रतिशतले बढेर ४ अर्ब २७ करोड रुपैयाँ पुगेको छ ।

तर, बैंकको खराब कर्जा अनुपातमा भने वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्म २.९७ प्रतिशत रहेको खराब कर्जा अनुपात बढेर ४.७७ प्रतिशत पुगेको छ ।

समीक्षा अवधिसम्म बैंकले १ खर्ब २३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने १ खर्ब ५० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

बैंकको वितरणयोग्य मुनाफा ६७ करोड ५७ लाख रुपैयाँ रहेको छ । बैंकको लाभांश क्षमता ८.४५ प्रतिशत कायम भएको छ ।

यस्तै, बैंकको प्रतिसेयर आम्दानी १८.९८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १६१.८२ रुपैयाँ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ७६३.१९ रुपैयाँ रहेको छ । बैंकको तरलता अनुपात २७.९५ प्रतिशत, मूल्य आम्दानी अनुपात १९.१३ गुणा र लगानीमा प्रतिफल १२.२७ प्रतिशत कायम भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?