National life
cg eloctronics

कुलमान घिसिङले सम्झिए लोडसेडिङका अँध्यारा दिन, अब भ्रष्टाचार र बेथितिविरुद्ध लड्ने संकल्प

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१९ दिन अगाडि|२२ कात्तिक २०८३, आइतबार
1.3kShares
कुलमान घिसिङले सम्झिए लोडसेडिङका अँध्यारा दिन, अब भ्रष्टाचार र बेथितिविरुद्ध लड्ने संकल्प
muktinatha bikash bank

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले तिहारको अवसरमा २०७३ सालअघिको लोडसेडिङको अवस्थालाई स्मरण गर्दै अब देशबाट भ्रष्टाचार, गरिबी, बेथिति, बेरोजगारी र अन्यायको अँध्यारो हटाउने संकल्प व्यक्त गरेका छन्।

तिहार, नेपाल संवत् तथा छठ पर्वको शुभकामना सन्देश दिँदै घिसिङले तिहारको झिलिमिलीले आफूलाई लोडसेडिङका कारण उज्यालोको पर्वसमेत अँध्यारोमा मनाउनुपर्ने बाध्यताका दिन सम्झाउने बताएका छन्।

उनले जनताको साथ, विश्वास र दृढ संकल्पका कारण देशलाई लोडसेडिङमुक्त बनाउन तथा करिब हरेक घरमा विद्युत् पुर्‍याउन सम्भव भएको उल्लेख गरेका छन्। अहिले नेपाली बिजुली विदेशसम्म पुग्न थालेको उनको भनाइ छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

‘हिजो बिजुलीको अँध्यारो हटायौँ, अब भ्रष्टाचार, गरिबी, बेथिति, बेरोजगारी, अन्याय र निराशाको अँध्यारो हटाउने संकल्प छ,’ उनले भनेका छन्।

चुनौती जति आए पनि आफ्नो यात्रा नरोकिने उल्लेख गर्दै घिसिङले अँध्यारोलाई सरापेर मात्रै नभई आफैँ दीप बनेर उज्यालो फैलाउनुपर्ने बताएका छन्।

उनले विगतमा प्राप्त साथ र विश्वासप्रति आभार व्यक्त गर्दै सुशासन र सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माणका लागि आगामी दिनमा पनि जनताको साथ अपेक्षा गरेका छन्।

everest bank

घिसिङले तिहार, नेपाल संवत् तथा छठ पर्वको अवसरमा सबै नेपालीको घरमा खुसी, मनमा आशा र जीवनमा समृद्धिको उज्यालो छाओस् भन्दै शुभकामना दिएका छन्।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?