National life

सुशासन कायम गर्ने सन्दर्भमा पछाडि हट्दैनाैँ, फाइल खोल्न छाडिन्न : मन्त्री गुरुङ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२५ भदौ २०८०, सोमबार
544Shares
सुशासन कायम गर्ने सन्दर्भमा पछाडि हट्दैनाैँ, फाइल खोल्न छाडिन्न : मन्त्री गुरुङ
ncell

स्याङ्जा । कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सुशासन कायम गर्ने सन्दर्भमा पछाडि नहट्ने दाबी गरेका छन् । नेपाली कांग्रेस स्याङ्जाले आज स्याङ्जा सदरमुकाममा विपी कोइरालाको एक सय १०औँ जन्मजयन्तीका अवसरमा आयोजना गरेको ‘विपी विचार गोष्ठी’ कार्यक्रममा उनले सुशासन कायम गराउने सन्दर्भमा कसैलाई पनि छाड्न हुन्न भन्ने पक्षमा आफू रहेको बताए ।

“सुशासन कायम गर्ने क्रममा ठूला फाइलहरु खोल्दा सरकारलाई घेराबन्दी हुन पनि सक्छ”, उनले भने, “सुशासन कायम हुन्छ भने सरकार ढलेर केही फरक पर्दैन ।” कुनै पनि पार्टीको मुख नहेरी जो सुकै भए पनि भ्रष्टाचारीहरुलाई कानुनी कारबाहीमा ल्याउनैपर्छ भन्ने पक्षमा आफू सदैव उभिने उनको दाबी थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
“भोलि सरकार रहला नरहला, म पदमा रहुँला नरहुँला त्यसले केही फरक पार्दैन”, उनले भे, “तर भ्रष्टाचारी भनेको भ्रष्टाचारी नै हो जो सुकै भए पनि कानुनी दायरामा ल्याउनै पर्छ भन्ने पक्षको अडानमा म रहन्छु ।”

कांग्रेसका केन्द्रीय उपसभापतिसमेत रहेका मन्त्री गुरुङले विपीले देखाएको मार्गदर्शनमा हिँड्न सके ठीक र हिँड्न नसक्नेहरु गलत हुने बताए । “विपीले देखाएको मार्गदर्शनलाई व्यवहारमा कार्यान्वयन गर्न नसके काम छैन”, उनले भने, “बोलेरभन्दा पनि कर्मबाट विपीका मार्गदर्शनहरुलाई पछ्याउँदै हिँड्न सकेको खण्डमा सफलता प्राप्त हुन्छ ।”

प्रतिनिधिसभा सदस्य एवं कांग्रेस स्याङ्जा जिल्ला सभापति राजु थापाले आज पनि विपीका सिद्धान्तहरु उत्तिकै सान्दर्भिक रहेको बताए । विचार गोष्ठीमा गण्डकी प्रदेशसभा सदस्य भोजराज अर्याल, महेश भट्टराई, गण्डकी प्रदेशसभाका निवर्तमान सदस्य भागवतप्रकाश मल्ल लगायतले मन्तब्य व्यक्त गरेका थिए । कांग्रेस स्याङ्जाले पार्टी कार्यालय स्याङ्जामा खुल्ला रक्तदानसमेत गरेको थियो । रासस

यो समाचार शेयर गर्नुहोस्
544SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?