National life

अनुसन्धान अधिकृतकै प्रमाणपत्र नक्कली, अख्तियारमा भ्रष्टाचार मुद्दा दायर

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२७ जेठ २०८१, आइतबार
590Shares
अनुसन्धान अधिकृतकै प्रमाणपत्र नक्कली, अख्तियारमा भ्रष्टाचार मुद्दा दायर
ncell

काठमाडौँ । नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर राष्ट्रिय अनुसन्धान विभागको उप-अनुसन्धान निर्देशक पदमा कार्यरत हेमन्त चौधरीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ।

चौधरीले भारतको मगध विश्वविद्यालय, बोधगयाबाट बि.ए.उत्तीर्ण गरेको भनी नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी राष्ट्रिय अनुसन्धान विभागमा अनुसन्धान अधिकृतको बढुवा नियुक्ति लिई त्यसपश्चात्का माथिल्ला विभिन्न पदको लागि समेत सोही प्रमाणपत्र पेश गरेको पाइएकाले अख्तियारले मुद्दा दायर गरेको जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

साथै हाल राष्ट्रिय अनुसन्धान विभाग अन्तर्गत उप-अनुसन्धान निर्देशक पदमा रही ओहोदा, लाभ र सुविधा प्राप्त गरेको समेत पुष्टि हुन आएको भन्दै अख्तियारले मुद्दा दायर गरेको  उल्लेख गरेको छ ।

अख्तियारले चौधरीको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर भएको हुँदा निजलाई भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजाय हुन माग दाबी लिई आज विशेष अदालत, काठमाडौँमा आरोप-पत्र दायर गरेको जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
590SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?