National life

आइसिटी एक्सिलेन्स अवार्ड २०२४’ बाट क्यान महासंघका महासचिव चिरञ्जीवी सम्मानित

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१५ जेठ २०८१, मङ्गलबार
562Shares
आइसिटी एक्सिलेन्स अवार्ड २०२४’ बाट क्यान महासंघका महासचिव चिरञ्जीवी सम्मानित
ncell

काठमाडौँ। आइसिटी एक्सिलेन्स अवार्ड २०२४’ बाट कम्प्युटर एसोसिएसन नेपाल महासंघ ‘क्यान महासंघ’का महासचिव चिरञ्जीवी अधिकारी ‘सम्मानित भएका छन्।

नेपालको सूचना तथा सञ्चार प्रविधि (आइसिटी) क्षेत्रमा योगदान पुर्‍याएकाले क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारीलाई आइसिटी एक्सिलेन्स अवार्ड २०२४ बाट सम्मान गरिएको हो ।

चन्द्रालोक फाउन्डेशनद्वारा आयोजित समारोहमा मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीलेले महासंघका महासचिव चिरञ्जीवी अधिकारीलाई उक्त अवार्डद्वारा सम्मान गरेका हुन् ।

आइसिटी क्षेत्रको विकास र विस्तारमा अधिकारीले पुर्‍याएको योगदानलाई कदर गर्दै यो अवार्ड दिइएको आयोजकले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
चितवनको भरतपुर महानगरपालिका निवासी चिरञ्जीवी अधिकारी साइबर सुरक्षा र नेटवर्किङका विशेषज्ञ हुन्।

साइबर सुरक्षाको शिक्षा र जागरूकता बढाउने गरी उनी देशभरि आयोजित गरिएका ५०० भन्दा बढी कार्यक्रममा सक्रिय सहभागी हुँदै आएका छन् । क्यान महासंघमा महासचिवको भूमिकाका अतिरिक्त अधिकारी नेपालको आइसिटी क्षेत्रका केही प्रमुख संस्थाहरूका प्रेरणादायी व्यक्तित्व समेत हुन् ।

उनी इन्फर्मेसन सेक्युरिटी रेस्पोन्स टिम ‘एनपी सर्ट’ र सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एन्ड इनोभेसन ‘सीएसआरआई’ का संस्थापक अध्यक्ष हुन् ।

यो समाचार शेयर गर्नुहोस्
562SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?