काठमाडौं । नयाँ साल २०८१ लाई लक्षित गरी सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले इन्स्योरेन्स कम्पनीहरूमै पहिलो पटक वैशाख ९ गतेबाट लागु हुने गरी भिडियो मार्फत KYC लिने प्रक्रिया जारी गरेको छ ।
विदेशमा बसोबास गर्ने व्यक्तिहरूको बीमा गर्दा e-Application Declaration Form सहित आवश्यक सबै विवरणहरू अभिकर्ता पोर्टल (Agent Portal)मार्फत प्राप्त हुन्छ । KYC सम्बन्धी व्यवस्थालाई थप प्रभावकारी बनाउन कम्पनीले कम्पनीले Video KYC को अवधारणा ल्याएको हो ।
प्रस्तावित बीमितले सम्पूर्ण आवश्यक विवरणहरू अभिकर्ता पोर्टल (Agent Portal) मार्फत पेश गरे पश्चात् \ e-Applicaton Declaration Form मा आवश्यक विवरणहरू भरी कअबल गरी अनलाइन मार्फत रजिस्टर्ड भएको प्रस्तावमा अपलोड गर्नुपर्नेछ ।
प्रस्तावित बीमितले कम्पनीद्वारा निर्धारण गरिएको विषयमा आफ्नो KYC सम्बन्धी भिडियो बनाएर सिटिजन लाइफमा उक्त पठाउनु पर्नेछ । यसVideo KYC को सुविधाले बीमा अभिकर्ताहरूलाई व्यवसाय गर्न थप सहज हुने अपेक्षा गर्दछौँ । यस सुविधा बारे विस्तृत जानकारी, कम्पनीको वेबसाइटमा उपलब्ध छ ।





































