National life

उद्योगहरूलाई ट्रंक लाइन र डेडिकेटेड फिडरको ७ अर्ब बक्यौता उठाउन प्राधिकरणको पत्र

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|११ असार २०८१, मङ्गलबार
606Shares
उद्योगहरूलाई ट्रंक लाइन र डेडिकेटेड फिडरको ७ अर्ब बक्यौता उठाउन प्राधिकरणको पत्र
ncell

काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले ट्रंक लाइन र डेडिकेटेड फिडरको झण्डै ७ अर्ब बक्यौता उठाउन उद्योगहरूलाई पत्र काटेको छ।

सोमबार प्राधिकरणमा सम्बन्धित वितरण केन्द्रले उद्योगहरूलाई १५ दिनको समय दिएर २०७२ माघदेखि २०७५ वैशाखसम्मको महसुल बुझाउन भनेको हो । सरकारले वैशाख २७ गते गरेको निर्णय अनुसार असार ४ गतेको नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको निर्णय बमोजिम सो अवधिको महशुल बुझाउन पत्र पठाएको हो ।

उक्त पत्रमा यसअघि प्राधिकरणले निर्धारण गरेको महशुलकै आधारमा बिल भुक्तानीको लागि ताकेता गरिएको छ ।

Royal Enfield
nic asia capital
उद्योगीहरूले भने डीओडी मिटरको प्रमाणसहित नयाँ महशुल निर्धारण गरी सञ्चालक समितिले निर्णय गर्नुपर्ने माग गर्दै आएका छन् । प्राधिकरणको पत्र अनुसार बिल तिर्दा ६१ वटा कम्पनीले झण्डै ७ अर्ब रुपैयाँ तिर्नु प्राधिकरणको तथ्यांक छ ।

यो समाचार शेयर गर्नुहोस्
606SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?