National life

तराई–मधेसको विद्युत समस्याबारे जन अधिकारले विद्युत प्राधिकरणलाई बुझायो ज्ञापन

ज्ञापनपत्रमा प्राधिकरणका कर्मचारीहरूको सेवा प्रवाहप्रति पनि असन्तुष्टि जनाइएको छ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ महिना अगाडि|२८ जेठ २०८३, बिहिबार
1.7kShares
तराई–मधेसको विद्युत समस्याबारे जन अधिकारले विद्युत प्राधिकरणलाई बुझायो ज्ञापन
ncell

काठमाडौं । तराई–मधेस क्षेत्रमा चर्को गर्मीका बीच विद्युत् आपूर्तिमा देखिएको समस्याप्रति जन अधिकार पार्टीले गम्भीर ध्यानाकर्षण गराएको छ ।

पार्टीका अध्यक्ष डा. शरद सिंह यादवले Nepal Electricity Authority का महाप्रबन्धकलाई ज्ञापनपत्र बुझाउँदै तराई–मधेसका जिल्लाहरूमा अनियमित विद्युत् आपूर्तिका कारण जनजीवन अत्यन्तै प्रभावित भएको बताएका छन् ।

हाल ४२ डिग्री सेल्सियसभन्दा बढी तापक्रम रहेका क्षेत्रमा समेत नियमित विद्युत् आपूर्ति नहुँदा बालबालिका, वृद्धवृद्धा र बिरामीहरू सबैभन्दा बढी प्रभावित भएको ज्ञापनपत्रमा उल्लेख छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

ज्ञापनपत्रमा प्राधिकरणका कर्मचारीहरूको सेवा प्रवाहप्रति पनि असन्तुष्टि जनाइएको छ । विद्युत् बिना दैनिक जीवन अत्यन्त कठिन बनेको अवस्थामा सरकारले विद्युत् उपभोग बढाउने नीति लिएको तर आपूर्ति सहज नभएको विषयलाई विरोधाभासपूर्ण भएको पार्टीको भनाइ छ ।

पार्टीले विद्युत् आपूर्तिमा देखिएको समस्या र सम्भावित जनधन क्षतिलाई विपद् सरह मान्दै राहत तथा क्षतिपूर्ति व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

अध्यक्ष डा. यादवले तराई–मधेसमा तत्काल प्रभावकारी विद्युत् व्यवस्थापन गर्न सरकार र सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।

यो समाचार शेयर गर्नुहोस्
1.7kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?