National life

उपभोग्य मिति उल्लेख बिना दूध बिक्री गर्ने डेरीलाई विभागद्वारा ३ लाख जरिवाना

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२६ मंसिर २०८०, मङ्गलबार
648Shares
उपभोग्य मिति उल्लेख बिना दूध बिक्री गर्ने डेरीलाई विभागद्वारा ३ लाख जरिवाना
ncell

काठमाडौँ । दुग्ध पदार्थमा लेबल उल्लेख नगरेरै बजारमा दूधको कारोबार गर्ने एक डेरी उद्योगलाई तीन लाख रुपैयाँ जरिवाना गरिएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको बजार अनुगमन टोलीले सोमबार भक्तपुरको एक डेरीलाई तीन लाख रुपैयाँ जरिवाना गरेको हो ।

उक्त डेरीले पुरानो दूधलाई पुनः नयाँ प्याकिङ गरेर बजारमा पठाउन लागेको अवस्थामा अनुगमन टोलीले फेला पारेको थियो । साथै डेरीले मनोमानी रूपमा लेबलबिनाकै दूधको लेनादेना गरेको पाइएकोले विभाग तीन लाख जरिवाना गरेको जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उपभोक्ता संरक्षण ऐनअनुसार अत्यावश्यक पेय पदार्थ दूधमा अनिवार्य रूपमा उत्पादन, उपभोग्य र वस्तुको परिमाण र गुणस्तरसहितको लेबल उल्लेख गरिनुपर्छ ।

तर उक्त डेरीले सो नियम पालना नगरेको विभागले जनाएको छ ।साथै लेबलबिनाकै बजार पठाउन तयार पारेको त्यस्तो दूधलाई नष्ट गरिएको समेत विभागले जानकारी दिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
648SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?