काठमाण्डौ। एनआईसी एशिया बैंक लिमिटेडको सहायक महाप्रबन्धक पदमा कार्यरत अर्जुनराज खनिया सहायक प्रमुख कार्यकारी अधिकृत (असिस्टेन्ट सीइओ) पदमा बढुवा भएका छन् ।
खनिया सन् २००४ मा नेपाल बैंक लिमिटेडमा आन्तरिक लेखापरीक्षकको रुपमा नायब प्रबन्धकमा नियुक्त भएर वाणिज्य बैंकको यात्रा सुरु गरेका थिए । सन् २०१० मा तत्कालीन बैंक अफ एशिया नेपाल लिमिटेडमा शाखा प्रमुखको रुपमा नियुक्त भएका थिए ।
सन् २००४ देखि बैंकिङ्ग क्षेत्रमा प्रवेश गरेका खनियाले बैंकका विभिन्न शाखा, विभाग एवम् इकोसिस्टमहरुमा काम गरी २० वर्ष भन्दा लामो अनुभव सँगालिसकेका छन् ।
तत्पश्चात एनआईसी एशिया बैंकका विभिन्न विभाग तथा इकोसिस्टमहरुमा प्रमुखको रुपमा नेतृत्वदायी भुमिकामा रही उनले काम गरिसकेका छन् । पछिल्लोपटक उनी बैंकको प्रमुख सूचना अधिकारी, प्रमुख गुनासो सुन्ने अधिकारी लगायतको भूमिकामा रहेका थिए ।


































