National life
cg eloctronics

अमेरिकी भन्सार शुल्कको प्रभाव कम हुने संकेतले विश्व सेयर बजारमा उछाल

max lubricant tata
Aarthik voice
Aarthik voice
१९ घण्टा अगाडि|११ मंसिर २०८३, शुक्रबार
734Shares
अमेरिकी भन्सार शुल्कको प्रभाव कम हुने संकेतले विश्व सेयर बजारमा उछाल
muktinatha bikash bank

काठमाडौं । अमेरिकाले प्रस्ताव गरेको नयाँ भन्सार शुल्क तत्काल कार्यान्वयन नहुने र त्यसको प्रभाव अपेक्षाभन्दा कम पर्ने संकेत देखिएपछि बिहीबार विश्व सेयर बजारमा उत्साह देखिएको छ।

एसियाली बजारमा आएको सुधारको प्रभाव युरोपेली बजारमा समेत पर्दा त्यहाँका प्रमुख सेयर सूचकांक करिब २ प्रतिशतले बढेका छन्। अमेरिकी बजार भने थ्याङ्क्सगिभिङ पर्वका कारण बन्द रहे पनि एसएन्डपी ५०० र न्यास्ड्याक फ्युचर्स करिब ०.७ प्रतिशतले उकालो लागेका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3

चीन, जापान र युरोपेली संघसहित १४ व्यापारिक साझेदारमाथि अमेरिकाले प्रस्ताव गरेको नयाँ भन्सार शुल्क तत्काल लागू नहुने अपेक्षा लगानीकर्तामा बढेको छ। साथै, यसअघि जुलाईमा लगाइएको शुल्कमा थप वृद्धि नहुने आकलनले पनि बजारमा सकारात्मक प्रभाव पारेको हो।

व्यापारिक तनाव कम हुने सम्भावनासँगै लगानीकर्ताको मनोबल बढ्दा विश्वका प्रमुख सेयर बजारमा सुधार देखिएको छ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
734SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?