National life

तीन दिनदेखि घट्दो सुनको मूल्य, बजारमा नयाँ दर कति ?

यसैबीच चाँदीको मूल्य पनि घटेको छ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ महिना अगाडि|२३ असार २०८३, मङ्गलबार
1.7kShares
तीन दिनदेखि घट्दो सुनको मूल्य, बजारमा नयाँ दर कति ?
ncell

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य लगातार तेस्रो दिन घटेको छ। आजको कारोबारमा सुन प्रतितोला १,४०० रुपैयाँले सस्तो भई २ लाख ८८ हजार रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यसअघि पनि सुनको मूल्यमा कमी आएको थियो। अघिल्लो कारोबार दिन ४०० रुपैयाँले घटेर प्रतितोला २ लाख ८९ हजार ४०० रुपैयाँ कायम भएको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
पछिल्ला दिनहरूमा आएको निरन्तर गिरावटले सुन बजारमा नरम प्रवृत्ति देखिएको छ।

आजका लागि १० ग्राम सुनको मूल्य २ लाख ४६ हजार ९१५ रुपैयाँ तोकिएको छ।

यसैबीच चाँदीको मूल्य पनि घटेको छ। अघिल्लो दिन प्रतितोला ४ हजार ५८५ रुपैयाँ रहेको चाँदी आज ३० रुपैयाँले घट्दै ४ हजार ५५५ रुपैयाँमा झरेको छ।

अन्तर्राष्ट्रिय बजारको प्रभाव र माग–आपूर्तिको अवस्थाका कारण बहुमूल्य धातुहरूको मूल्यमा उतारचढाव देखिएको व्यवसायीहरू बताउँछन्।

यो समाचार शेयर गर्नुहोस्
1.7kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?