काठमाडौँ। साताको पहिलो कारोबारका दिन नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। सुन आज प्रतितोला ५०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रवार भने सुन तोलामा एक लाख ५० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
यता, चाँदीको मूल्य समेत तोलामा २५ रुपैयाँले घटेको छ। चाँदी प्रतितोला एक हजार ७९० रुपैयाँमा किनबेच भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमा समेत सुनको मूल्य ०.४७ प्रतिशतले घटेको छ ।


































